Logo
Logo

कुमान र बालेनलक्षित ओलीको कटाक्ष- भत्काएर देश बन्दैन, नशामा देश बन्दैन


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन साहप्रति कटाक्ष गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भत्काएर र नशामा देश नबन्ने भन्दै कटाक्ष गरेका हुन् ।

हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उनले वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको आरोप लगाए । उनले भने– ‘यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउने काम थियो उसको ? चुनाव गराउन पर्दैन । चुनावको वातावरण बनाउन पर्दैन ? हेटौंडामा घर भत्कायो । आधा भत्कायो आधा बाँकी छ, ‘भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले । सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासीको बस्ती भत्काएको, यो सबै भत्काउने ?’

साथै, उनले देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएको मान्छे चाहिने उनले बताए । उनले भने– ‘भत्काएर मात्रै देश बन्दैन । देश बनाउनुपर्छ । बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छेको, उन्मादमा नशामा देश बन्दैन ।’

प्रतिक्रिया दिनुहोस्