Logo
Logo

पिकनिकबाट फर्कँदै गरेको बस जहरसिंह पौवाको जंगलमा दुर्घटना, २२ घाइते


504
Shares

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-३ स्थित जहरसिंह पौवाको जंगल क्षेत्रमा पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा २२ जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: Accident.gif

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार साँझ करिब ५ः४५ बजे बा ४ ख ८७८८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर रुखमा अड्किएको थियो । दुर्घटनालगत्तै प्रहरीले उद्धार कार्य सुरु गरेको उनले जानकारी दिए ।

बसमा करिब ३५ देखि ४० जना सवार थिए । नेचर हब नामक संस्थाका कर्मचारीहरू पिकनिक सकेर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २२ जनालाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेललगायतका अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्