
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच वार्ता भइरहेको छ । देउवा निवास महाराजगञ्जमा उनीहरुबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनका विषयमा छलफल भइरहेको हो ।
भेटमा नेता काइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन पहल कदमी लिन आग्रह गरेको स्रोतले जानकारी दियो । कांग्रेसभित्र विशेष र नियमित महाधिवेशन कहिले गर्ने विवाद छ । संस्थापन पक्षले बैशाखमा नियमित महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
यता इतर पक्षका गगन र विश्वप्रकाशले यहि पुस अन्तिममा विशेष महाधिवेशन आह्वान गरेका छन् । यस्तो अवस्थामा कांग्रेस नै विभाजन होला कि भन्ने आशंकाबीच शेखरले देउवासँग वान टु वान भेटवार्ता गरेका हुन् ।












