Logo
Logo

विशेष महाधिवेशन कै दिन संस्थापन पक्षले युवा र जिल्ला भेला गर्ने


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले युवा र जिल्ला सभापतिको भेला बेलाउने तयारी गरेको छ । विशेष महाधिवेशन पक्षलाई काउन्टर दिन सभापति शेरबहादुर देउवा पक्षले पुस २७ मा युवा र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको हो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । देउवा निवास महाराजगञ्जमा भएको छलफलपछि गगन र विश्वलाई काउन्टर दिन सोही मितिमा युवा र जिल्ला भेला गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले जानकारी दिए ।

उनका अनुसार युवा भेलाको संयोजन तरुणका अध्यक्ष विद्वान गुरुङले गर्ने छन् भने जिल्ला सभापतिको नेतृत्व भक्तपुर सभापति दुर्लभ थापाले गर्ने छन् ।

पार्टीले आगामी वैशाख २८–३१ का लागि १५औं महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ मा विशेष महाधिवेशन भेला बोलाएका छन्् । उनीहरुले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप समेत बुक गरिसहेका छन् ।

प्रतिक्रिया दिनुहोस्