Logo
Logo

कार्यसम्पादन समिति बैठकअघि शीर्ष नेतासँग छलफलमा देउवा


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेतासँग छलफलमा जुटेका छन् । 

The current image has no alternative text. The file name is: sherbahadhura-deuwa.gif

आज अपराह्न ४ बजे बस्ने बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले आफू निकट शीर्ष नेतासँग छलफलमा जुटेका हुन् । छलफल देउवा निवासमा चलिरहेको हो । पार्टीमा देखिएको विवादबारे केन्द्रीय कार्यसम्पादन समितिबाट कुनै न कुनै निर्णय लिनुपर्ने अवस्था आएसँगै देउवा छलफलमा जुटेका हुन् । 

पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कदमबारे पनि छलफल हुने जनाइएको छ । 

महामन्त्रीद्वय थापा र शर्माले बुधवार संयुक्त विज्ञप्ति जारी गरेर पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डमा विशेष महाधिवेशनको आह्वान गरेका छन् ।

विशेष महाधिवेशनका लागि जिल्ला९जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आउन थालिसकेका छन् । यता संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा पुस २७ युवा भेला र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस्