काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।

बिहीबार शितल निवासमा राष्ट्रपति पौडेलसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।












