काठमाडौँ । लौरो अभियानले ‘लौरो’ चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न आग्रह गरेको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानका प्रतिनिधिहरूले चुनाव चिन्ह स्वतन्त्र आन्दोलनको आधिकारिक स्वामित्वमा फिर्ता हुनुपर्ने बताए।
अभियानका अभियान्ता डम्बर साहका अनुसार, काठमाडौँ महानगरपालिका मेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि ‘लौरो’ चुनाव चिन्ह अब उनको वा उनको समूहको हुन सक्दैन । उनका अनुसार ‘लौरो’ चिन्ह स्वतन्त्र उम्मेदवार र स्वतन्त्र आन्दोलनको प्रतिनिधित्व गर्छ ।
साहले बालेन साह र उनका टिमलाई अनुरोध गरे कि ‘लौरो’ चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गरियोस् । उनले जोड दिए कि यो चिन्ह कुनै व्यक्ति, समूह वा गुटको होइन, स्वतन्त्र उम्मेदवारहरूको साझा प्रतीक हो ।












