Logo
Logo

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी


756
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । महामन्त्री गगन थापा र  विश्वप्रकाश शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको हो ।

The current image has no alternative text. The file name is: congress-2.jpg

बैठकमा महामन्त्री विश्व प्रकाश शर्मा भने अनुपस्थित छन् । यसअघि कांग्रेसले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो । त्यसअघि विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेको थियो ।

कांग्रेसको संस्थापन पक्षले शुक्रवार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्