Logo
Logo

जाडोमा इन्फ्लुएन्जा फ्लूबाट कसरी बच्ने ?


252
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूबाट सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।

The current image has no alternative text. The file name is: influenza.jpg

जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसका कारण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए ।

फ्लू इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसले सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक पर्दैन । दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न प्रवक्ता डा. बुढाथोकीले आग्रह गरे ।

फ्लू कसरी सर्छ?

फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा श्वास लिँदा फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।

फ्लूका लक्षण

ज्वरो आउनु, टाउको दुख्नु, जीउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु जस्ता लक्षण देखिने गर्दछन् । फ्लू भएका सबैलाई ज्वरो नआउन सक्छ ।

फ्लू रोकथामका उपाय

फ्लू भएका बिरामीसँग भौतिक दुरी राख्नुपर्दछ । सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ । शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्दछ र हातले आँखा, नाक वा मुख छुने गर्नुहँुदैन ।

प्रतिक्रिया दिनुहोस्