Logo
Logo

नेडाकको उपाध्यक्षमा केबी उप्रेती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि सञ्जाल (नेडाक) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

नेडाकको शनिबार भएको साधारणसभाबाट उप्रेती दोस्रो कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । राष्ट्रिय सहकारी बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आएका छन् । सन १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एशियाका १६ संस्थाको सञ्जालबाट शुरु भएको नेडाकमा हाल २४ सदस्य संस्थाहरु आबद्ध रहेका छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्