Logo
Logo

प्रमोद अग्रहरीले डेब्यू गरेको बंगलादेशी फिल्म ‘शार्क’ को टिजर सार्वजनिक


693
Shares

काठमाडौं । नेपाली अभिनेता प्रमोद अग्रहरीले डेब्यू गरेको बंगलादेशी एक्सन फिल्म ‘शार्क’ को टिजर सार्वजनिक भएको छ । बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत निर्माताले १ मिनेटको टिजर सार्वजनिक गरेका हुन् ।

पटजरमा अभिनेता अग्रहरीलाई प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामध्येमा देखिएका उनलाई समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेको दृश्यमा देख्न सकिन्छ । पछाडिबाट खिचिएको दृश्यमा अग्रहरीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

टिजर हेर्दा प्रमोदको बंगलादेशी फिल्मको डेब्यू धमाकेदार हुने देखिन्छ । फ्यानले यो फिल्मलाई नेपालमा समेत रिलिज गर्न माग गरिरहेका छन् । बंगाली भाषामा ‘हाङ्गोर’ भनिएपनि फिल्मको अंग्रेजी नाम चाहिँ ‘शार्क’ हो । टिजरमा शार्क माछालाई विम्वपरक रुपमा देखाइएको छ ।

बदलाको कथामा आधारित यो फिल्ममा उनी ‘शार्क’ कै भूमिकामा छन् । तनमोय सुर्जो निर्देशित फिल्ममा अग्रहरिसहित तमिना अथोई, अर्नब खान लगायतको अभिनय छ । बंगाली भाषामा निर्माण भएको फिल्मलाई हिन्दी र अंग्रेजी भाषासहित विदेशमा समेत रिलिज गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्