Logo
Logo

म्यादी प्रहरीका लागी खुल्यो आवेदन  


504
Shares

काठमाडौं । सरकारले आजबाट निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका लागि फर्म खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।

जसअनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा आजबाट दर्खास्त लिने क्रम सुरु भएको हो । यो क्रम आगामी माघ १ गतेसम्म जारी रहने छ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ ।

जिल्ला प्रहरी परिसरहरू (काठमाडौं, भक्तपुर र ललितपुर ) र सबै जिल्ला प्रहरी कार्यालयबाट दर्खास्त दिन सकिन्छ ।

निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक रूपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्