Logo
Logo

चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह


504
Shares

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक सन्देश प्रवाहमा प्रोत्साहन गर्ने कडाइ गर्ने नीति लिएको जनाएको छ ।

The current image has no alternative text. The file name is: election.jpg

आयोगले शुक्रवार नियमित पत्रकार सम्मेलन मार्फत यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ ।

उनीहरूले अघिल्ला निर्वाचनझैँ सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई औपचारिक रूपमा पत्राचार गरिसकेको र आवश्यक परे सम्झौता (एमओयु) गरेर अघि बढ्ने तयारी भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्