Logo
Logo

गोरखा-१ बाट निर्वाचन लड्ने सुदन गुरुङको घोषणा


567
Shares

काठमाडौं ।  जेनजी अगुवा सुदन गुरुङलेसुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

 ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, उनले सामाजिक सञ्जालमा भनेका छन् । 

गोरखा उनको गृह जिल्ला हो । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा’, उनले भनेका छन्,  ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्