Logo
Logo

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न नपाइने


1.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेकमार्फत झिक्न पाइने नगदको सीमा ५ लाख रुपैयाँमा सीमित गरेको छ ।

The current image has no alternative text. The file name is: nepal_Rastra_Bank.jpg

अब ५ लाखभन्दा बढीको चेक साटेर नगद झिक्न पाइने छैन ।

५ लाखभन्दा माथिको चेक अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले पनि ५ लाख रुपैयाँ वा सोभन्दा बढी रकम नगद नदिई सम्बन्धित व्यक्तिको खातामै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने उद्देश्यले लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्