Logo
Logo

ट्रम्पलाई खुशी पार्न बदमाशको समुहले देशलाई क्षति पुर्याउदैछन् : खामेनी


1.1k
Shares

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशमा भइरहेको विरोध प्रदर्शनप्रति प्रतिक्रिया जनाएका छन् । उनले प्रदर्शनकारीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खुशी पार्न’ चाहने ‘बदमाशहरूको समूह’ भनेका छन् ।

The current image has no alternative text. The file name is: iran.jpg

शुक्रवार राष्ट्रिय टिभीमा सम्बोधन गर्दै खामेनीले बदमाशहरूको समूह तेहरान र अन्यत्र निस्किएर अमेरिकी राष्ट्रपतिलाई खुशी पार्न आफ्नै देशका भवनहरूमा क्षति पुर्‍याएको बताएका छन् ।

उनले भने, ‘यो किनभने उनले (ट्रम्प) भनेका थिए, उनी दङ्गा गर्नेहरू र देशलाई हानि पुर्‍याउनेहरूलाई समर्थन गर्छन् । यदि उनी सक्षम छन् भने, उनले आफ्नै देश चलाउनुपर्छ ।’

खामेनीले ट्रम्पको हात १२ दिने युद्ध (इजरायलसँग) मा मारिएका एक हजार भन्दा बढी इरानीहरूको रगतले रङिएको समेत बताए । उनले केही अनुभवहीन र लापरवाह मानिसहरूले ट्रम्पलाई विश्वास गर्न र उनको इच्छा अनुसार काम गर्ने गरेको समेत आरोप लगाए ।

पछिल्ला केही सातादेखि इरानमा देशव्यापी रूपमा जेनजी प्रदर्शन भइरहेका छन् । अहिलेसम्मका प्रदर्शनमा केही सुरक्षाकर्मीसहित करिब ५० जनाको ज्यान गएको छ भने दुई हजार भन्दा बढी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्