Logo
Logo

अब सबै अस्पतालमा कोभिड बिरामीको उपचार हुने, ५० प्रतिशत बेड छुट्याउन सरकारको निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ कात्तिक ।
अब सबै अस्पतालका कोभिड–१९ का बिरामीको उपचार हुने भएको छ । सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कुल शय्याको ५० प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियूलगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि छुट्याउन भनेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुने जानकारी दिए। संक्रमित बढ्दै गएर हाल उपचार गरिने अस्पताल भरिएपछि सरकारले यस्तो निर्णय गरेको हो । साथै सरकारले विपन्न बाहेकको परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्