Logo
Logo

रास्वपा-उज्यालो नेपालबीचको एकता भाँडियो


567
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

The current image has no alternative text. The file name is: kulman-rabi.jpg

केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ । भर्चुअल माध्यमबाट भएको बैठकको सुरुमै सभापति रवि लामिछानेले कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए ।

सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको बताइएको छ । 

रविले उज्यालो नेपालले नयाँ नयाँ प्रस्ताव ल्याएका कारण एकीकरण गर्न नसकिने जानकारी बैठकमा गराएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक लगत्तै कुलमान घिसिङसहितले पत्रकार सम्मेलन गर्ने बताइएको छ । कुलमानलाई सो पार्टीले अध्यक्षको भूमिकामा चयन पनि गरेको छ ।

कुलमान घिसिङ उपसभापति पद हुनेगरी रास्वपासँग सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन । समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागू नभएको उज्यालो नेपालको गुनासो छ ।

पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्