Logo
Logo

विशेष महाधिवेशनका लागि र्‍याली सुरु


504
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु भएको छ ।

The current image has no alternative text. The file name is: Untitled-1.jpg

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

कुपण्डोलबाट निस्किएको र्‍यालीमा कांग्रेस नेता पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ  लगायत सहभागी छन् ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु गरेका छन् । ठाउँठाउँबाट निस्किएको र्‍याली भृकुटीमण्डतर्फ अघि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्