Logo
Logo

ढाका टोपीको गौरवसहित पाटनमा राष्ट्रिय टोपी दिवस दौड


504
Shares

ललितपुर ।  नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको सम्मानमा आज ललितपुरको पाटनमा ‘राष्ट्रिय टोपी दिवस दौड २०८२’ आयोजना गरिएको छ ।

The current image has no alternative text. The file name is: topi-day.jpg

‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब ९द हल्का रनर्स० ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो । नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उक्त दौड प्रतियोगिता पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भई करिब ४।५  र ८ किलोमिटर दूरी तय गरिएको थियो। राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरिएको यस दौडले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउनुका साथै स्वास्थ्य र एकताको सन्देश दिने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्