Logo
Logo

कांग्रेसको विशेष महाधिवेशनमा को-को सहभागि भए ?


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‌घाटन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । आइतबार दिउँसो २ बजे विशेष महाधिवेशनको उद्‌घाटन सत्र शुरू भएको हो ।

विशेष महाधिवेशनमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत सहभागी छन् । श्रेष्ठलाई महामन्त्री गगन थापाले मञ्चमा स्वागत गरेका थिए ।​

उद्‌घाटन समारोहमा पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य महेश आचार्य, भरत साह, चन्द्र भण्डारीलगायत सहभागी छन् ।

पार्टीमा मध्यमार्गी भूमिका खेलेको २५ मध्ये २० केन्द्रीय सदस्य पनि विशेष महाधिवेशनमा सहभागी हुँदैछन् । डा. शेखर कोइराला पक्षका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्