Logo
Logo

परिक्रमावादी होइन, पराक्रमवादीको कांग्रेस बनाऔं: अर्जुननरसिंह केसी


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई सक्रिय, साहसी र पराक्रमवादीहरूको बनाउनु पर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: arjun-nar.jpg

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले भने,
“अब परिक्रमावादीहरूको कांग्रेस होइन, पराक्रमवादीको कांग्रेस बनाउनुपर्नेछ।”

उनले मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै महाधिवेशनले भ्रष्टाचारविरुद्ध विशेष प्रस्ताव पारित गर्ने कार्य गर्नुपर्ने सुझाव दिएका छन्।

साथै, उनले अहिलेसम्म सार्वजनिक पदमा रहेका सबै व्यक्तिलाई छानबिनको दायरामा ल्याउनुपर्ने र पाँच सय तथा एक हजार रुपैयाँका नोट प्रतिस्थापन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्