Logo
Logo

अबको चुनावमा बहुमतसहित वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौं: झलनाथ खनाल


441
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत हासिल गरी देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: jhalanath-khanal.jpg

जेनजी रेडफोर्सद्वारा आयोजना गरिएको आइतबारको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले पार्टीको आगामी लक्ष्य निर्वाचनमा बहुमत ल्याउने रहेको स्पष्ट पारे।

खनालले भने, “बहुमत ल्याएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरी देशलाई वैज्ञानिक समाजवादको दिशातर्फ लैजाने हाम्रो योजना हो । सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ।”

उनीनले पार्टीका कार्यकर्तालाई देशभर आफ्ना उम्मेदवार विजयी गराउने अभियानमा जुट्न निर्देशन दिएका छन् ।

“हामी नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकताबद्ध गरेर नयाँ समाजवादी क्रान्तिमा अघि बढ्दैछौँ । यो निर्वाचनमा देशव्यापी रुपमा हाम्रा उम्मेदवारलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदको रूपमा रुपान्तरण गर्ने हाम्रो उद्देश्य हो । बहुमत हासिल गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउनु हाम्रो कार्यनितिक लक्ष्य हो,” उनले भने।

साथै, खनालले युवाहरुलाई पार्टी नेतृत्वका लागि तयार गर्ने तयारीमा पनि पार्टी लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्