Logo
Logo

कांग्रेस दास र लासहरूको पार्टी होइनः गगन थापा


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी दास र लासको पाटी नभएको बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा जिउँदो मानिसको पार्टी भएको बताए ।

उनले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन् ।’

थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन् । उनले यस्तो अवस्थामा यो विषय कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई पनि थाहा नभएको भन्दै कांग्रेस पार्टीका नेता कार्यकर्ता कसैको दास नभएको बताए ।

उनले भने, ‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्