काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपल्ट भन्दा धेरै प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आएको बताउँदै विशेष महाधिवेशनबाट पारित गराउने बताएका छन् । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“कांग्रेसमात्रै होइन कुनै पनि पार्टीको नेता दुईपल्टभन्दा प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ,” उनले भने, “कांग्रेसभित्रैबाट उठेको रुपान्तरण हो भन्ने लाग्न सक्छ । मैले यो कुरा सभापति शेरबहादुर देउवालाई पनि भनेको थिएँ । तर उहाँले मान्नुभएन ।”












