Logo
Logo

विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अग्रसर, देउवा र कोइराला छलफलमा


6.5k
Shares

काठमाडौं । नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अगाडी बढेपछि संस्थापन पक्षमा हलचल मच्चिएको छ ।

सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आफू पक्षका नेताहरूसँग समेत छलफल गरेका छन् । सभापति देउवाले पार्टी एकताको आव्हान गर्न अपिल गर्न निर्देशन दिएको बताइएको छ ।

त्यस्तै अर्का नेता डा. शेखर कोइरालाले पार्टी एकताको लागि पहल गरिरहेको बताएका छन् भने नेतृत्व चयन नगर्न दुई महामन्त्रीले लिखित प्रतिबद्धता जनाए विशेष महाधिवेशनमा जाने आफू निकट नेताहरूसँग बताएका छन् । उनले सभापति देउवा र महामन्त्रीहरुसँग छलफल गर्ने बताएका छन् ।

तर विशेष महाधिवेशनको जारी बन्द सत्रले शुरुमै वर्तमान केन्द्रीय कार्य समिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेसँगै विशेष महाधिवेशन नेतृत्व परिवर्तनको बाटोमा अघि बढेको छ ।

विशेष महाधिवेशनले पारित गरेको कार्यविधिमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औँ महाधिवेशन सम्पन्न हुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।

बन्दसत्रमा दुवै महामन्त्रीले आ-आफ्नो प्रतिवेदन पेश गरेर पार्टीको विधान र सञ्चालनमा व्यापक सुधारको प्रस्ताव गरेका छन् । अब महाधिवेशन प्रतिनिधिहरुलाई ९ समुहमा विभाजन गरेर ति प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्