Logo
Logo

कुलमानको इमानदारिताका कारण सहकार्य टुट्यो : हरि ढकाल


3.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको सम्भावित सहकार्यबाट कुलमान बाहिरिनुमा उनको शैली र इमानदारिता मुख्य कारण रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: kulman-2.jpg

रवि, बालेन र कुलमानको सहकार्य भत्किएकोबारे सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कुलमानजी लक्षप्रति इमानदार हुनुभएन, उहाँको शैली नै अर्कै देखियो ।’

ढकालले पार्टीमा नयाँ आउने साथीहरूलाई पदाधिकारी पद दिन तयार हुँदाहुँदै पनि कुलमानको शैली र मागहरू फरक देखिएको बताए ।

‘हामी निर्वाचित सांसदहरू छौं, जो भर्खरै केन्द्रीय सचिवालयमा छौं । तर नयाँ आएका साथीहरूलाई पदाधिकारी बनाउन हामी तयार थियौं । यति हुँदाहुँदै पनि उहाँको शैली अर्कै देखियो,’ उनले भने ।

नेता ढकालले राजनीतिमा संख्याभन्दा पनि लक्ष्य र उद्देश्य ठूलो हुने बताए । उनले भने, ‘हामी लक्ष्यप्रति इमानदार हुने हो, संख्याप्रति होइन । जनता र आम नागरिकको भावनालाई प्राथमिकतामा राख्नुपर्छ ।कुलमानजीले त्यसो गर्न सक्नुभएन। उहाँको ध्यान संख्या र पदमै केन्द्रित देखियो ।’

कुलमानले आफूलाई बन्धक बनाइएको र निकालिएको भन्ने अभिव्यक्तिमा ढकालले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘त्यस्तो केही होइन । उहाँको अन्तरआत्मालाई नै सोध्नुस् न ।’ सहकार्य टुट्नुको कारण खुलाउँदै ढकालले सुरुदेखि नै संख्या र पद बाँडफाँडमै तिक्तता देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्