Logo
Logo

कांग्रेस विशेष महाधिवेशन मङ्गलवारसम्म लम्बियो


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मङ्गलवारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मङ्गलवारसम्म लम्बिएको हो ।

आइतबारदेखि चलेको महाधिवेशन मङ्गलवारसम्म लम्बिएको हो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मङ्गलवार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने भएको छ । 

यता संस्थापन पक्ष विशेष महाधिवेशन रोक्नका लागि छलफलमा जुटेको छ । पार्टी सभापति, कार्यवाहक सभापति र वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू छलफलमा जुटेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्