काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक डीएसपीलाई प्रहरी उपरीक्षक एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले बढुवाको निर्णय गरेको हो ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल रहेका छन् । त्यसैगरी धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती पनि बढुवा सिफारिसमा परेका छन् ।
यसैगरी हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दीपक भारतीलाई पनि एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












