
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन् ।नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम थियो ।
कास्कीबाट प्रतिनिधित्व गर्ने उनले हिजो नाम फिर्ता लिएकी हुन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।












