
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सामयीसहितका नेताहरू नेकपामा समाहित हुने भएका छन् ।
काठमाडौं ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमीसहित ठुलो पङ्क्ति भोलि पार्टीमा भित्र्याउने तयारी भएको नेकपाका नेता हिमाल शर्माले बताए । उनीहरूलाई पार्टीमा भित्र्याउन भोलि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।
काठमाडौंको गुठी आन्दोलनबाट उदाएका सायमीसहित नेवाःअभियान्ताहरू र सहकारी पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्षसहित नेताहरू भोलि पार्टीमा प्रवेश गर्ने उनले बताए । नेकपामा भित्रिनेहरूलाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले स्वागत गर्नेछन् ।












