Logo
Logo

हिमाचलमा ग्यास सिलिन्डर विस्फोट, ९ जना नेपालीको मृत्यु


378
Shares

काठमाडौं । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । आइतबार राति हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका ९ जनाको मृत्यु भएको हो ।

टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यास सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरु १६ वर्षीया राधा विक र १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको छ ।

उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएको जानकारी पाएको वडाध्यक्ष बुढाथोकीलले बताए । उनका अनुसार विस्फोटपछि आगलागी भएर वरपरका घरसमेत जलेका छन् ।

प्रतिक्रिया दिनुहोस्