Logo
Logo

गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै बन्दसत्रमा नाराबाजी


882
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । ‘केन्द्रीय कार्यसमिति भंग गर, नयाँ नेतृत्व चयन गर’ लगायतका नारा लगाउँदै मेधश प्रदेशका प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएपछि मधेशका प्रतिनिधिहरुले महामन्त्री गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै बन्दसत्र हलभित्रै नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्