Logo
Logo

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका आएसँगै बढाइयो सुरक्षा


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ । 

The current image has no alternative text. The file name is: bhrikuti.jpg

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् । निर्वाचन कार्यक्रम आएपछि प्रहरीले महाधिवेशन प्रतिनिधिबाहेकका व्यक्तिलाई बाहिर जान भन्दै माइकिङ गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरूलाई हलभित्र पठाइएको छ । अन्य नेता कार्यकर्तालाई बन्दसत्र स्थलबाट टाढा पठाइएको छ । यसअघि प्रतिनिधिहरूले बन्दसत्र चलिरहेको हल बाहिर नयाँ नेतृत्व चयनको माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्