Logo
Logo

रातभरिमा कुरा मिल्छ, पार्टी एक हुन्छ : श्यामकुमार घिमिरे


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेताहरूबीच वार्ता जारी रहेको र त्यसले निष्कर्ष निकाल्ने बताएका छन् । मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको जनाकारी गराएका हुन् ।  

The current image has no alternative text. The file name is: shayam.gif

उनले भने, ‘नेताहरूबीच वार्ता प्रक्रिया चलिरहेको छ । यसले केही आकार दिन्छ भन्ने विश्वास छ । सकारात्मक हुने कुरामा अहिले नै सबै कुरा नभनौँ । सकारात्मक रूपमा नै अघि बढेको छ ।’

घिमिरेले नेताहरूबीच भएको छलफलको निष्कर्षबाट आगामी रणनीति तय गर्ने  बताए । उनले भने, ‘आज रातभरिमा कुनै बिन्दुमा पुगेर भोलि एक भएर पार्टीअघि बढ्छ ।’ 

त्यस्तै दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको छैन । विशेष महाधिवेशन पक्षधर र वार्तामा बसेका नेताहरूबीच भएको छलफलको निष्कर्ष नआउँदा बैठक बस्न नसकेको हो । 

प्रतिक्रिया दिनुहोस्