काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सानेपामा साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोल्नासाथ स्थगित गरिएको हो ।

गुरुङले महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
बैठक फेरि भोलि बिहान ८ बजे बस्नेगरी बोलाइएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइरहेका बेला शेरबहादुर देउवा पक्षले पार्टी विभाजन रोक्न वार्ता गर्दै आएको छ । सोहीअनुसार दुबै पक्षले बनाएको वार्ता समितिमार्फत निरन्तर छलफल भइरहेको छ ।












