
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी दर्ता बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको हाे ।
कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो ।
कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो ।
संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।












