Logo
Logo

राजावादी प्रदर्शनमा आउन भन्दै ५० लाख एसएमएस पठाएर आतंकित पार्ने सेढाईं पक्राउ


1.3k
Shares

काठमाडौं । एकैदिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार काठमाडौँको हात्तीसारबाट उनलाई पक्राउ गरेको हो । उनले राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएका थिए ।

सोमबार एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै उनले ३० पुसको १२ बजे राजावादी प्रदर्शनमा आउन आह्वान गरेका थिए । यसले व्यक्तिगत गोपनीयताको हनन् गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

सेढाईं वेदव्यास इन्टरप्राइचेज नामक कम्पनी सञ्जालन गर्दै आएका थिए । सोही कम्पनीको नामबाट उनले विभिन्न एसएसएस प्रदायकबाट सेवा लिएका थिए । र, एकै दिन लाखौं एसएमएस पठाएका थिए । एक करोड खर्चेर म्यासेज पठाएको दाबी सेढाईंको छ ।

प्रतिक्रिया दिनुहोस्