काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेतालाई कारबाही गर्ने निर्णय गरेको छ।

सानेपामा बसेको बैठकले विशेष महाधिवेशन जारी राख्ने पक्षका नेता गगन-विश्वलाई पार्टी निर्णयविपरीत कार्य गरेको भन्दै कारबाही गरेको हो । संस्थापन पक्षीय नेतासँग पटकपटक भएको वार्ता असफल भएपछि अन्तिम समयमा यस्तो निर्णय लिइएको बताइएको छ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिएका थिए । एक केन्द्रीय सदस्यका अनुसार, खड्का बैठकमा भन्छन्, “सबै यत्न गरे पनि साथीहरूलाई मनाउन सकिएन, पूर्वनिर्धारित योजना कार्यान्वयन गर्न बाध्य छौँ ।”
केन्द्रीय सदस्यले थपे, “पार्टी बचाउने प्रयासमा यतिधेरै प्रयास गर्दा पनि निर्णयलाई अवलम्बन गर्नु परेको छ ।”












