काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आजको एक सातामा गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्ने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले भने– ‘आजको एक सातामा गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्ने छ ।’
शर्माले आफू र गगन थापासहितलाई पार्टीबाट निष्कासन गर्ने निर्णय सोही निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्ने बताए । उनले भने, ‘आजको निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्नेछ । तर, कसैलाई कारबाही गर्नेछैन ।











