Logo
Logo

सभापति चुनिएपछि गगनले भने- कांग्रेस परिवारवादबाट मुक्त भयो


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन् । भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचन भएपछि सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन् ।

पार्टी गुटमुक्त होस् भन्ने कार्यकर्ताहरूको वर्षौंदेखिको चाहना आज आएर पूरा भएको दाबी गर्दै उनले अबदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए ।

‘नेपाली कांग्रेस पार्टी आजदेखि सबै खाले परिवारवादबाट मुक्त भयो। सबै गुटबाट पनि मुक्त भयो। अबदेखि कांग्रेसमा कोही ६० पनि छैन । कोही ४० पनि छैन । हामी सबै एउटै हो । यहाँ कसैले कसैलाई चिन्दैनन्,’ उनले भने, ‘गुटहरू मासियोस् भन्ने कुरा जुन तपाईंहरूले चाहनुभएको थियो, त्यही कुरा आज हामीले पूरा गरेका छौँ।’ सभापति थापाले पार्टीलाई एकतावद्ध बनाउँदै सबै नागरिकको आफ्नो पार्टी बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसजस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए । महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टी सभापतिको रूपमा कांग्रेस नेता कार्यकर्ताको शिर निहुरिन नदिने संकल्प पनि गरे । उनले पार्टीका सदस्यहरूको आत्मसम्मान र अभिमत जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

प्रतिक्रिया दिनुहोस्