Logo
Logo

यी हुन् कांग्रेसका नवनिर्वाचित १३ पदाधिकारी


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । आइतबारबाट भृकुटीमण्डपमा सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो ।

विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार राति निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक गरेका हुन् ।

गगन सभापति बन्दा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल उपसभापतिमा निर्वाचित भएका छन् । महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल नाममा सर्वसम्मति भएको छ ।

सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवासँग आइतबार बिहानैदेखि भएको वार्ता सहमतिमा पुग्न नसकेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्