Logo
Logo

गगनको दाबी- १० लाखमध्ये ९ लाख ८० हजार सदस्य हामीसँग छन


567
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले कांग्रेसका ९ लाख ८० हजार सदस्य आफुहरुको पक्षमा रहेको दाबी गरेका छन् ।

सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले कांग्रेसका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्यलाई आफूहरूले जहाँ पनि उभ्याउन सक्ने दाबी गरेका हुन् ।

उनले जसरी महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति निर्वाचित गरेका थिए तीनै प्रतिनिधिले आफूलाई सभापति चुनेको बताए ।

साथै उनले निर्वाचन आयोगमा यसअघि नै विशेष महाधिवेशन भइरहेको र केही दिनमै नयाँ कार्य समिति आउनेछ भनेर लिखित जानकारी गराइसकिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्