Logo
Logo

देउवाको सिग्नेचर हटाउने गगन कांग्रेसको निर्णय


1.1k
Shares

काठमाडौं । बुधबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको निर्णय अद्यावधिक गराउनको लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको हो । प्रवक्ता देवराज चालिसेले बैठकले निर्णय गरेर आयोग जान लागिएको र आधिकारिकता विवाद चाँडै टुङ्ग्याउने विश्वास व्यक्त गरे ।

‘विशेष महाधिवेशनपछिको निर्णय अध्यावधिक गराउनको लागि निर्वाचन आयोग जाने निर्णय भएको छ । उम्मेदवार प्रयोजनको लागि हस्ताक्षर परिवर्तन गर्न, समानुपातिक उम्मेदवारको लिस्ट संशोधन गर्नको लागि हामी आयो जान लागेका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्