Logo
Logo

बङ्गलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार


945
Shares

काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ ।

आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि सुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली एक्सप्रेसबीचको खेल टसको लागि दुवै टोली मैदानमा नआएपछि ढिलाइ भएको छ । 

बङ्गलादेश क्रिकेट बोर्डका निर्देशक एम। नजमुल इस्लामले पूर्व कप्तान तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेपछि क्रिकेटर कल्याण सङ्घले सबै खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । तमिमले भारत र बङ्गलादेश क्रिकेट बीचको जारी तनावलाई वार्ताबाट समाधान गर्न सुझाव दिएपछि निर्देह्स्क इस्लामले उनलाई ‘भारतीय एजेन्ट’ भनेको बताइएको छ । 

बङ्गलादेश क्रिकेट बोर्डले इस्लामलाई स्पष्टिकरण सोधेको भएपनि खेलाडी सङ्घले भने उनलाई हटाउन माग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्