Logo
Logo

हामी दुर्घटनामा परेका थियौँ, १२ दिनको समय निकै कठिन थियो : कुलमान


441
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: kulman-1.jpg

बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरू दुर्घटनामा परेको र त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् ।

उनले १२ दिनको समय निकै कठिन भएको बताएका छन् । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे ।

उनले भने, ‘केही समयका लागि दुर्घटनामा प¥यौं, त्यो दुर्घटनाबाट बाहिर आएका छौँ ।’ उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरू सबै पार्टी पुरानो भइसकेको बताए ।  ‘हामीले नै नेपालको नयाँ शक्तिको रिप्रिजेन्टिभ गर्छौँ भन्ने हाम्रो दाबी हो । यो सबै अरू पार्टी पुरानो भइसक्यो, नयाँ पार्टी नयाँ स्प्रिटमा आएको छ,’ उनले भने, ‘यही पार्टीले माग सम्बोधनमा अघि बढ्नेछ ।’

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी९युनाईटेड जेन्जी०का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्