Logo
Logo

कांग्रेसको फुटले निर्वाचनलाई कुनै असर गर्दैन : प्रचण्ड


378
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: prachanda-1.jpg

शुक्रवार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको बताउँदै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको बताउँदै प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने बताएका हुन् । 

सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे । प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको बताए । प्रचण्डले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरू कुनै विकल्प  नरहेको बताउँदै अन्य विकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने बताए । 

कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले जीर्ण भवनबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताइ । उक्त ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको महानगरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्