Logo
Logo

पूर्णबहादुर खड्काको धम्कीपछि गगन पक्षको जवाफ- आयोग डराउँदैन  


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोग धम्की वा आन्दोलनबाट प्रभावित नहुनेमा विश्वास व्यक्त गरेका छन् ।

शर्माले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेट गरी केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ जोड्दै भने, ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि हामी स्पष्ट पार्न यहाँ आएका हौँ । निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भन्ने चेतावनी केहीबेरअघि मात्र दिइएको सुन्यौँ । तर, निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा तथा संवैधानिक भूमिका भुल्दैन भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’

यसअघि शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आफूहरूले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । 

खड्काले भनेका थिए, ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशङ्का भने छ । यदि आयोगले हामीलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा बोकेर आन्दोलित हुनेछौँ ।’ 

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व (गगन थापा नेतृत्वको समूह) चयन भए पनि देउवा पक्षले यसलाई अवैध ठहर गर्दै आएको छ भने दुवै पक्षले निर्वाचन आयोगमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्