Logo
Logo

निर्वाचनमा पराजित गर्नुपर्ने आगो लगाउनेलाई हो: ओली


567
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: kp-oli.jpg

काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् । असंवैधानिक, लोकतन्त्र विरोधी, संसद् विघटनकर्ताहरू र देशलाई अरजकतामा धकेल्नेहरू हुन् । राजनीतिक पार्टी चाहिएन, नेता चाहिएन भन्नेहरू हुन् ।’

एमालेका लागि चुनावी प्रचारमा जाँदा गरेका कामहरूको लिस्ट लिएर गए हुने उनको भनाइ छ ।

‘एमालेले नजित्ने कुन पनि ठाउँ छैन । जित्न मन गरयो भने जित्छ’ उनले भनेका छन्, ‘विकास एमालेले गरेको छ । रेलको लिग बनाएको छ । जनकपुरमा रेल चलिरहेको छ । पूर्व पश्चिम रेलको लिग कहिले बन्छ जनताले हेरिराखेको छ ।’

मनमोहन अधिकारीको नेतृत्वमा ९ महिने सरकार बनेदेखि नै एमालेले जिम्मेवारी पाउँदा काम गर्न भन्ने जनतालाई परेको र त्यसअनुसार नै एमालेले नेतृत्व पाउँदा जनताको पक्षमा, विकासको पक्षमा काम गर्दै आएको उनले बताए ।

‘विकासको नेतृतव हामीले गरेका छौं । संविधान हाम्रो नेतृत्वमा बनेको हो’ अध्यक्ष ओली भन्छन्, ‘पहाडमुनिबाट गाडी छिर्न, बाटो बन्छ भन्ने धेरै जनताले थाहा पाएका थिएनन् । एमालेले त्यो बनाएर देखायो ।’

चुनाव जित्नका लागि एमालेले विगतमा गरेका काम देखा पुग्ने पनि दोहोर्‍याए, ‘एमालेले गरेका काम जनताको बीचमा पुर्‍याए पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्