Logo
Logo

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च गयो अख्तियार


630
Shares

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ । 

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा प्रतिवादीहरू प्रदीप अधिकारी, महेश कुमार बस्नेत, अशोक

कुमार सुबेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र वावुराम पौडेल समेतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध पुनरावेदन निवेदन सर्वोच्चमा दिएको जानकारी दिएको छ । 

अख्तियारले विमानस्थल निर्माणका क्रममा उनीहरूले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ बिगो माग गरेर दायर गरेको रिटमा विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्